AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्वार्ता
  • रिलायन्स फाइनान्सको बीमासहितको ‘रिलायन्स स्वाबलम्बी बचत खाता’ सञ्चालन

रिलायन्स फाइनान्सको बीमासहितको ‘रिलायन्स स्वाबलम्बी बचत खाता’ सञ्चालन

  • शुक्रबार, मंसिर १९, २०७७
रिलायन्स फाइनान्सको बीमासहितको ‘रिलायन्स स्वाबलम्बी बचत खाता’ सञ्चालन

रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले ‘रिलायन्स स्वाबलम्बी बचत खाता’ सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो ११ औँ वार्षिक उत्सवको अवसरमा विभिन्न सरकारी, गैर सरकारी तथा निजि कम्पनीहरुमा कार्यरत कर्मचारीलगायत सर्वसाधरणलाई लक्षित गरि ‘रिलायन्स स्वाबलम्बी बचत खाता’ सञ्चालनमा ल्याएको हो ।

उक्त शिर्षकमा खाता खोली कारोबार सञ्चालन गर्ने ग्रहाकहरुका लागि सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा रु।३ लाख रुपैयाँसम्मको दूर्घटना बीमा तथा १ लाखसम्मको १८ प्रकारका घातक रोगहरुको बीमा उपचार सुबिधा उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा रिलायन्स फाईनान्स लिमिटेडको तर्फबाट अनिल श्रेष्ठले हस्ताक्षर गरी  सम्झौता पत्र एक अर्कालाई हस्तान्तरण गरे ।

Facebook Comments

सम्बन्धित समाचार