AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अर्थ/वाणिज्य
  • काभ्रेमा हालसम्मकै धेरै ११३ जनाले एकैदिन कोरोना भाइरस जिते, ९ जना थपिए

काभ्रेमा हालसम्मकै धेरै ११३ जनाले एकैदिन कोरोना भाइरस जिते, ९ जना थपिए

  • बुधबार, कार्तिक १९, २०७७
काभ्रेमा हालसम्मकै धेरै ११३ जनाले एकैदिन कोरोना भाइरस जिते, ९ जना थपिए

धुलिखेल, १८ कात्तिकः काभ्रेमा हालसम्मकै धेरै जना एकैदिन कोरोना भाइरसलाई जितेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार ११३ जनाले कोरोना भाइरस जितेका हुन् । यो सँगै काभ्रेमा कोरोना भाइरस लागेर निको हुनेको संख्या १३७७ पुगेको छ । ५०१ जना महिला र ८७६ जना पुरुष निको भएका हुन् ।

आज जिल्लामा ९ जना कोरोना संक्रमित थपिएका छन् । बनेपा नगरपालिका ४ जना पुरुष र २ जना महिला, पाँचखाल नगरपालिकाका २ जना पुरुष र मण्डनदेउपुर नगरपालिकाका १ जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १८३८ पुगेको छ । १११४ जना पुरुष र ७२४ जना महिलामा कोरोना भाइरस पुष्टि भएको हो ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ४३८ रहेको छ । अस्पतालको आइसोलेसनमा ३९ जना र होम आइसोलेसनमा ३९९ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । होम आइसोलेसनमा २४१ ज्ना पुरुष र १५८ जना महिला रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार