AarthikBikash
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • फुटबल
  • कांग्रेस नेता विश्वकर्माको होस खुल्यो, कोरोना रिपोर्ट पनि नेगेटिभ

कांग्रेस नेता विश्वकर्माको होस खुल्यो, कोरोना रिपोर्ट पनि नेगेटिभ

  • मङ्लबार, कार्तिक १८, २०७७
कांग्रेस नेता विश्वकर्माको होस खुल्यो, कोरोना रिपोर्ट पनि नेगेटिभ

काठमाडौं : नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माको होस् खुलेको छ। तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका उनको कोरोना भाइरसको रिपोर्ट पनि नेगेटिभ आएको छ। उनको सचिवालयका अनुसार उपचारमा संलग्‍न ग्राण्डी अस्पताल चिकित्सकहरुले विश्वकर्माको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका छन्।

कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल दलित संघका केन्द्रीय अध्यक्षसमेत रहेका विश्वकर्मा कोराना संक्रमण भइ धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत छन्।
विश्वकर्माको उपचारमा सरकारले विशेष ध्यान दिन कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी आग्रह गरेका थिए।

कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले स्वास्थ्यमन्त्री ढकाललाई टेलिफोन गरी विश्वकर्माको उपचारका लागि भारत लैजान सरकारी तबरबाट सहयोग गर्न पनि भनेका थिए। ‘दाइको स्वास्थ्यमा सुधार आएको जानकारी चिकित्सकहरुले दिनु भएको छ,’ विश्वकर्माका सचिवालयका टेकबहादुर विकले भने, ‘होस खुलेको र कोरोना रिपोर्ट नेगेटिभ आयो भनेर जानकारी आएको छ। स्वास्थ्य सुधारोन्मुख छ।’

कात्तिक १ मा कोरोना भाइरसको पुष्टि भएपछि चार दिन घरमै बसेका विश्वकर्माको श्वासप्रश्वासमा समस्या बढेपछि वीर अस्पताल लगिएको थियो । उनको अवस्था झन् बिग्रिएर भेन्टिलेटरको आवश्यकता पर्न सक्ने भएपछि ग्राण्डी अस्पताल लगिएको थियो । आइसीयुमा उपचार गरिरहँदा स्वास्थ्यमा थप समस्या आएपछि उनलाई भेन्टिलेटरमै राखेर उपचार गरिएको छ।

Facebook Comments

सम्बन्धित समाचार